जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार १२:३२

प्रि–ओपन सेसनमै बढ्यो नेप्से


काठमाडौं, ६ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक १.९० अंकले बढेको छ । यससँगै सूचक २०४६.६६ विन्दुमा आएको छ । ३ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ७१५ कित्ता सेयर कारोबार भएको छ । कुल २० वटा कारोबार भएको छ । १० कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।