जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार १८:००

एक बैंकबाट सेयर कर्जामा १२ करोडसम्म लिन पाइने


काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

आज सार्वजनिक गरिएको सो नीति अनुसार अब एउटै बैंकबाट सेयर कर्जा १२ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ ।

एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट १२ करोडसम्म कर्जा लिनसक्ने व्यवस्था गरेको हो ।