बारा, ७ साउन । कार्यालय प्रमुख सम्पर्कमा नआएपछि बाराको पचरौता नगरपालिकामा सबै सेवा प्रभावित बन्न पुगेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव लामो समयदेखि कार्यालयमा उपस्थित नहुँदा प्रसासनिक सेवासहित स्वास्थ्य सेवा पनि प्रभावित बन्न पुगेको हो ।
नगर प्रमुख जलन्धर सिंह जैसवारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्पर्कविहीन हुँदा कार्यालयको सेवा प्रभावित हुन पुगेको सूचना नै जारी गरेर जानकारी दिनुभएको छ ।
प्रशासकीय अधिकृत यादव कार्यालयमा उपस्थित नभए पछि नगरसभा सम्पन्न हुन नसकेका कारण करारका कर्मचारी नविकरण गर्न र नयाँ कर्मचारी पदपूर्ति गर्न कानुनी बाध्यता रहेकाले सेवा सन्चालन गर्न असमर्थ रहेको नगर प्रमुखद्वारा जारी सूचनामा उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्