सिरहा, ८ साउन । सर्पको टोकाइबाट सिरहमा एक एक बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबरजार नपा–३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो ।
सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुराए पनि बाटोमै मृत्यु भएको बताइएको छ ।
खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले थाहा नपाएका कारण उनी सिकिस्त भएपछि मात्रै घरपरिवारले थापा पाएको स्थानीय नरवहादुर थापाले जानकारी दिनुभयो । उनी गाउँकै सरस्वति माध्यमिक विद्यालयमा बालविकासमा पढ्दै थिए।













प्रतिक्रिया दिनुहोस्