काठमाडौं, साउन ८ । नेपाल क्रेडिट एण्ड कमर्स बैकको ‘एनसीसी प्रफुल्ल मुद्दती खाता योजना’ मा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउने ब्यवस्था गरेको छ ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्ष देखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा तथा ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ‘एनसीसीप्रफुल्ल मुद्दती खाता’ संचालनमा ल्याएको हो । यस मुद्दती योजनामा निक्षेपकर्ताले निक्षेप रकमको १० गुणासम्म रकम पाउनेछन ।
सीमित अवधिसम्म लागू हुने यो योजनामा व्यक्तिगत निक्षेपकर्ताले ६ वर्ष ४ महिना २५ दिनदेखि २१ वर्ष ६ महिना २८ दिनसम्म र संस्थागत निक्षेपकर्ताले ७ वर्ष १ महिना १२ दिनदेखि २४ वर्ष ११ महिना २ दिनसम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दोब्बर देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन ।
एनसीसी प्रफुल्ल मुद्दती खाता योजनाको विभिन्न विशेषताहरु निम्नानुसार तालिकामा देखाइएको छ :
योजना व्यक्तिगत संस्थागत
२ गुणा (2x) ६वर्ष ४ महिना २५ दिन ७वर्ष १ महिना १२ दिन
३ गुणा (3x) १० वर्ष १ महिना २८ दिन ११ वर्ष ५ महिना २० दिन
५ गुणा (5x) १५ वर्ष ११ दिन १७वर्ष २२ दिन
१० गुणा (10x) २१ वर्ष ६ महिना २८ दिन २४ वर्ष ११ महिना २ दिन
साथै पहिलो वर्षको लागि रु.५ लाख सम्मको दुर्घटना बीमा र रु.२ लाख सम्मको घातक रोग बीमा सुविधा समेत उपलब्ध छ । देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।
एनसीसी बैंक २५ वर्ष देखि आमनागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आएको सो बैंकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्