काठमाडौं, साउन ८ । नेपाल बिज्ञापन संघ (आन) ले २०६० सालदेखि शुरु गरेको नेपालको बिज्ञापन श्रृजनशिलतालाई सम्मान गर्ने कृति अवार्डसको १२औं संस्करण यस बर्ष गोल्डेन ओक १२औं कृति अवार्डस भदौं २६ गते हुने भएको छ ।
यस बर्षको कार्यक्रमको टाईटल स्पोन्सर हिमालयन डिष्टीलरी लि.को गोल्डेन ओक ब्राण्ड रहेको छ । राजधानीमा आयोजित एक समारोहमा संघका अध्यक्ष सोमप्रसाद धिताल र कम्पनीका तर्फबाट जावलाखेल ग्रुपअफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक सशीन जोशीले हस्ताक्षर गर्नुभयो । आनले हरेक बर्ष आयोजना गर्दै आएको उक्त कार्यक्रम कोभिड १९ महामारीका कारण बिगत २ बर्ष हुन सकेको थिएन । कृति अबार्डस बिज्ञापन क्षेत्र लगायत सम्र्पूण मिडिया र बिज्ञापनदाताहरुको सामुहिक उत्सवको रुपमा आयोजना गर्नेे गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जावलाखेल ग्रुपअफ इण्डष्ट्रिजका ग्रुप कार्यकारी निर्देशक जोशीले मुलुककै समग्र संञ्चार क्षेत्रको समसामयिक ब्यबसायिक परिस्थिती झल्काउने यस प्रतिष्ठित कार्यक्रममा आप्mनो समुहलाई सहभागि गराउन पाएकोमा खुसी व्यक्त गर्दै भविष्यमा पनि सहकार्य गर्न सकिने बताउनु भयो । त्यसै गरी नेपाल बिज्ञापन संघका अध्यक्ष धितालले प्रमुख प्रायोजक हिमालयन डिष्टीलरी लि. र गोल्डन ओक ब्राण्डलाई कार्यक्रम प्रायोजनका लागि धन्यबाद व्यक्त गर्दै भविष्यमा पनि नेपाल विज्ञापन संघ र जावलाखेल ग्रुपअफ इण्डष्ट्रिज बिचमा सहकार्य रही रहने विश्वास व्यक्त गर्नुभयो ।
गोल्डेन ओक १२औं कृति अवार्डसमा २०७६ बैशाख १ देखि २०७८ चैत्र मसान्तसम्म भए गरिएका बिज्ञापन तथा प्रबर्धनात्मक रचना तथा कामहरुलाई समाबेश गरिने छ । संघका सदस्य एजेन्सीहरुले २०७९ साउन ५ गते देखि भाद्र ४ गते सम्म मनोनयन दर्ता गर्न सकिने कुरा पनि संघले जनाएको छ । सिर्जनशिलताको लागि प्रतिष्पर्धात्मक सम्मानका रुपमा आयोजना हुँदै आएको कृति अवार्डको १२औं संस्करण गोल्डेन ओक १२औं कृति अवार्डसमा बिज्ञापन सिर्जनशिलता सम्बद्ध मेनस्ट्रीम, टेक्निकल र क्याम्पियन क्याटेगोरीमा गरी बिभिन्न ३१ बिधामा पुरस्कृत गरिने छ ।
कार्यक्रममा परेका मनोनयनहरु छनौट तथा मूल्यांकनका लागि सुचना, संचार, विज्ञापन र मार्केटिङ क्षेत्रका विज्ञ प्रा.डा.बिजय केसी, प्रा.डा. भोजराज अर्याल र सुजनराजा श्रेष्ठ सम्मिलित ३ सदस्यिय प्रमुख निर्णायक मण्डल गठन गरिएको छ । यसका अतिरिक्त बिभिन्न बिधामा परेको मनोनयनहरुलाई सम्बन्धित क्षेत्रका बिज्ञ प्रतिष्ठित व्यक्तित्व तथा बिशेषज्ञहरु सहित करिब २५ जना संलग्न हुने छुट—छुट्टै निर्णायक समितिहरु रहनेछन् ।













प्रतिक्रिया दिनुहोस्