जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १७:३३

प्रभु बैंकको नयाँ ‘एप्लीकेसन’ ‘प्रभु ईजी फरेक्स’ सञ्चालनमा


काठमाडौं, साउन ६ । प्रभु बैंक लिमिटेडले नयाँ ‘एप्लीकेसन’ ‘प्रभु ईजी फरेक्स’ सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी ग्राहकको सुविधालाई थप मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने उद्धेश्यले ‘प्रभु ईजी फरेक्स’ ‘एप्लीकेसन’सञ्चालनमा ल्याएको जनाएको हो । बैंकका ग्राहकले उक्त ‘एप्लीकेसन’ मार्फत मुद्रा सटहिको काम अनलाइन मार्फत गर्न सक्ने भएका छन् ।
रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य कामको लागि विदेश भ्रमण गर्नेको संख्या दिनदिनै बढेको बताउँदै ‘प्रभु ईजी फरेक्स’ले व्यस्त दैनिकीका बावजुत पनि बैंकसम्म पुगेर सटहिको आवेदन गरी वैदेशिक मुद्रा लिनुपर्ने बाध्यताको अन्त्य गर्ने बैंकले दाबी गरेको छ । प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिने ‘प्रभु ईजी फरेक्स’ ‘एप्लीकेसन’ले ग्राहकलाई मुद्रा सटहीको लागि हुने झण्झटिलो तथा लामो प्रक्रियालाई प्रविधीमैत्री, सरल तथा सहज बनाउने बैकले विश्वास लिएको छ । प्रभु ईजी फरेक्स एपस्टोरमा पनि चाँडै उपलब्ध हुने बैंकले जनाएको छ ।
उक्त एप्लीकेसन मार्फत मुद्रा सटहीको लागि आवेदन गर्ने आवेदकलाई बैंकले एक घण्टा भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गर्नेछ । त्यसपश्चात आवेदकले बैंकले तोकेको शाखा तथा काउण्टरबाट वैदेशिक मुद्रा
संकलन गर्न सकिने बैंकले जनाएको छ । साथै बैंकले यो सुविधा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल स्थित बैंकको काउण्टरबाट पनि उपलब्ध हुने व्यवस्था गरेको छ ।