जनता टाइम्स

९ श्रावण २०७९, सोमबार १६:२३

माल्दिभ्सविरुद्ध खेल्ने नेपालको सुरुवाती एघार सार्वजनिक


काठमाडौं, ९ असार । यु–२० साफ च्याम्पियनसिपअन्तर्गत उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती एघार सार्वजनिक भएको छ । मुख्य प्रशिक्षक मेघराज केसीले आयुष घलानको कप्तानीमा पहिलो एघार सार्वजनिक गर्नुभएको हो । जसमा गोलरक्षक ईश्वर गुरुङ छन् ।

यस्तै, डेनमार्कबाट प्रशिक्षणका लागि नेपाल आइपुगेका सुगम सुवालसमेत प्लेइङ सेटमा छन् । प्रतियोगितामा नेपाल पहिलो तीन अंक खोस्ने रणनीतिमा छ । सिंगल राउण्ड रोबिनको पद्धतिमा हुने तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टिमः

आयुष घलाना (कप्तान), ईश्वर गुरुङ (गोलरक्षक), अजय चौधरी, अमर श्रेष्ठ, कृतिश रत्न छुन्जु, दिपेश गुरुङ, सुमित श्रेष्ठ, आशिष राई, अभिषेक वाइवा, सुगम सुवाल, सन्दीप कार्की