काठमाडौं, ८ साउन । प्रि– सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको पिएसजीले तेस्रो जित निकालेको छ । आज भएको खेलमा पिएसजीले जापानीज क्लब गाम्बा ओसाकालाई ६–२ अन्तरले पराजित गर्यो । पिएसजीको जितमा नेयमारले दुई गोल गरे ।
यस्तै, लियोनल मेस्सी, केलियन एम्बाप्पे, नुनो मेन्डिस र पाब्लो सरबियाले समान एक–एक गोल गरे । पहिलो हाफमा ४ गोल गरेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । यस्तै, ओसाकाको लागि केइसुके कुरोकावा र हिरोतो यमामीले एक एक गोल गरे । यस खेलसँगै पिएसजीको जापान टुर सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्