जनता टाइम्स

९ श्रावण २०७९, सोमबार २२:२५

बारेकोट गाउँपालिका–६ का अध्यक्षमाथि कांग्रेसका स्थानीय नेताबाट खुकरी प्रहार


जाजरकोट, ९ साउन । जाजरकोटको बारेकोट गाउँपालिकास्थित वडा नं ६ का अध्यक्ष डम्बरबहादुर महतारामाथि खुकुरी प्रहार गरी निर्घात कुटपिट गरिएको छ ।

एमालेबाट निर्वाचित महतारामाथि सोमबार बिहान आफ्नै निवासमा रहेका बेला कांग्रेसका स्थानीय नेता अविनाश नेपाली र स्थानीय टेकेन्द्र नेपालीले टाउकोमा खुकुरी र ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय जयराम बस्नेतले जानकारी दिनुभयो ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले बताउनुभयो ।