जनता टाइम्स

१२ श्रावण २०७९, बिहीबार ०७:२४

यु २० साफ : लगातार दोस्रो जितसंगै नेपाल शीर्षस्थानमा, श्रीलंका ३-० ले पराजित


काठमाडौ, साउन १२ । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु(२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३ ० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।

कप्तान आयुषले एक गोल र एक असिस्ट गरेपछि बुधबार राति भारतको भुवनेस्वर स्थित कालिङा रंगशालामा नेपालले लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लियो ।

नेपालको जितमा आयुष, कृतिशरत्न छुन्जु र मनग्य नकर्मीले समान एक एक गोल गरे । जितसंगै नेपाल ६ अंक सहित शीर्ष स्थानमा उक्लियो । लगातार दोस्रो हारसंगै श्रीलंका बिना अंक पुछारमा छ ।

आज नै भएको पहिलो खेलमा घरेलु टोली भारतलाई २(१ अन्तरले पराजित गर्दै बंगलादेशले लगातार दोस्रो जित निकाल्यो । यद्यपि नेपालको जितसंगै बंगलादेश तालिकाको दोस्रो स्थानमा झरेको छ ।