जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ११:११

आज पनि भारी वर्षाको सम्भावना : यस्तो छ मौसम पर्वानुमान


काठमाडौं, साउन ७ । मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापिय रेखा नेपालको दक्षिणतिर रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखालेजनाएको छ।

हाल देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन सहित वर्षा भईरहेको छ र पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानमा वर्षा भईरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी र मध्य भूभागमा पूर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानमा मेग गर्जनका साथ वर्षा हुनेछ। देशको पुर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

यस्तै आज राति देशको पूर्वी र मध्य भागमा सामान्य बदली देखि पूर्ण बदली साथै पश्चिमी भूभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जनका साथ वर्षा हुनेछ। देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।