जनता टाइम्स

१४ श्रावण २०७९, शनिबार ०८:३६

शनिवारको दिन भुलेर पनि नखानुहोस यी ५ चिज, धनको कमी हुदैन, विग्रेको काम बनिहाल्ने


शनिदेवतालाई न्यायको देवता मानिन्छ, किनभने शनि प्रकृतिमा सन्तुलन पैदा गर्दछ । शनिदेव राम्रो कर्म गर्नेलाई राम्रो फल दिन्छन् भने नराम्रो कर्म गर्नेलाई नरामै फल दिदै सबै प्राणीलाई न्याय गर्दछन् । यदी कसैको कुण्डलीमा शनिदोष छ भने ती ब्यक्तिले शनिवारको दिन भुलेर पनि केही चीज छन जसलाई खान हुदैन । यदी तपाई शनि देवतालाई खुशी राख्न चाहनुहुन्छ भने शनिवारको दिन गल्तिले पनि यी खानेकुराहरु नखानु पर्ने हुन्छ ।

– शनिवारको दिन सादा दुध वा दही खानबाट बच्नु पर्दछ । यदी दुध दही खानु छ भने यसमा वेसार मिसाएर खादा राम्रो हुन्छ ।

– शनिवारको दिन आँपको अचार खानु हुदैन । काँचो आप अमिलो तथा टर्रो हुन्छ, शनि काँचो र अमिलो चिजको विरोधी हो ।

– शनिवारको दिन खाना बनाउने समय रातो खुर्सानीको प्रयोग गर्न हुदैन । यस्तो गर्दा शनिदेव रिसाउछन् ।

– शनिवारको दिन चना, मास र मुगीको दाल खान सकिन्छ तर झक्किएर पनि मुसुरोको दाल खान हुदैन । यो मंगलबाट प्रभावीत हुन्छ जुन शनीको नराम्रो नजरलाई झन बढाउने काम गर्दछ ।

– शनिवारको दिन जाड रक्सि पिउनु हुदैन । यसले कुण्डलीमा शुभ शनी हुदा पनि शनिको शुभ फल मिल्दैन । यसले दुर्घटना निम्त्याउन सक्दछ ।