जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १६:२५

एनआईसी एसिया ब्यालेन्स फण्ड भोलिदेखि निष्काशन हुँदै


काठमाडौं, साउन ७। एनआईसी एसिया बैंकको म्युचुअल फण्ड अन्तर्गतको दोस्रो बन्दमुखी योजना एनआईसी एसिया ब्यालेन्स फण्ड भोलिदेखि निष्काशन हुने भएको छ ।

१० रुपैयाँ दरमा १२ करोड ५० लाख इकाईमध्ये बिज पुँजीवापत न्यूनतम् १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआईसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआईसी क्यापिटलले सुरक्षित राखी बाँकी न्यूनतम् १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधरणका लागि निष्कनशन गर्न लागेको हो । सो ब्यालेन्स फण्ड साउन ८ गतेदेखि बिक्री शुरु भई छिटोमा साउन १२ गते बन्द हुनेछ । उक्त अवधिभित्र पर्याप्त आवेदन नपरेमा भदौ ५ गतेसम्म खुल्ला रहनेछ ।