जनता टाइम्स

१६ श्रावण २०७९, सोमबार १०:०९

बेनी–जोमसोम सडकखण्ड अवरुद्ध


म्याग्दी, साउन  १६। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ ।

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पुर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।