धरान, साउन १७ । नेकपा एमालेले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै कडा आपत्ति जनाएको छ ।
एमालेको धरानका अध्यक्ष हर्कजंग एडेङले आज विज्ञप्ति जारी गरी बराह बचत तथा ऋण सहकारी पीडितहरुबारे मेयर सम्पाङले दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउनु भएको हो ।
‘नगरप्रमुख हर्कराज राईका पछिल्ला गैरजिम्मेवार पूर्ण अभिव्यक्तिले जनप्रतिनिधि, नगर कार्यपालिका र सिंगो धरानबासीको गरिमा खस्किएको छ,’ बिज्ञप्तीमा भनिएको छ । एमालेले मेयरको कार्यालय भएको तोडफोडकोे जिम्मेवार पनि स्थानीय सरकार प्रमुख आफै भएको बताएको छ । पीडितहरुले उठाएको विषयमा गैरजिम्मेवार अभिव्यक्तिका कारण घटना भएको भन्दै एमालेले भनेको छ, ‘घटनापश्चात पनि सामाजिक सञ्जालमार्फत पीडित जनतालाई धम्कीको भाषा प्रयोग गरिएपछि अवस्था झनै विथोलिएको छ ।’
बराह संघर्ष समितिका संयोजक खगेन्द्र नेपाललाई जोडेर पूर्वउपमेयर मञ्जु भण्डारी र सिंगो एमालेको बद्नाम गर्न खोजेको भन्दै एमालेले यस्ता गैरजिम्मेवारपूर्ण काम सच्याउन सचेत गराएको छ । मेयर राईकै अभिव्यक्तिकै कारण संघर्ष समितिका संयोजकलाई जातिगत आक्षेप लगाउँदै जातीय सद्भाव थिाल्न खोजिएको समेत एमालेले बताएको छ ।














प्रतिक्रिया दिनुहोस्