जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १०:४४

दुईतर्फी संचालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड


चितवन, साउन १८ । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको नारायणगढ मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका २९ केराबारी मौरीखोलामा खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

पहिरोका कारण गएराती साढे दुई २ बजेदेखि सवारी आवागमन पुर्ण रुपमा अवरुद्ध भएको थियो । मौरीखोलामा गत सोमबार राती खसेको पहिरो २३ घण्टापछि खुलाइएको हो ।

बर्षाको कारण सोही ठाउँमा पुन पहिरो खस्दा आवागमन बन्द भएको थियो । अवरुद्ध सडक खुलाइएपनि पहिरोको जोखिम उतिकै रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीले आवश्यक सतर्कतासहित सवारी सञ्चालन गर्न अपिलसमेत गरेको छ ।