जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:१५

एनआईसी एशिया बैंक र पोखराका विभिन्न होटल तथा रिसोर्टबीच सम्झौता


काठमाडौं, साउन ८ । एन आई सी एशिया बैंक लिमिटेड आफ्ना ग्राहकलाई होटलका विभिन्न सेवा सुविधामा छुट दिन पोखराका विभिन्न होटल तथा रिसोर्टसँग सम्झौता गरेको छ । बैंकले पोखराको होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखरासँग सम्झौता गरेको होे ।

उक्त सम्झौता अनुसार बैंकले पोखराको होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गर्नुभयो ।

यसैगरी एन आई सी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेलले हस्ताक्षर गर्नुभयो । यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा यस बैंकका ग्राहकवर्गहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले हालसम्म देशभर लाई २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ इकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै १७ लाखभन्दा बढी ग्राहक बैंकिङ सेवा दिँदै आएकोे छ ।