काठमाडौं, १८ साउन । सडक, बजार, पार्कलगायतका स्थानहरूमा टिकटक बनाउने काम सामान्य बनिसकेको छ। पछिल्लो समय सामाजिक सञ्जालहरूमध्ये लोकप्रिय बन्दै गएपछि सरकारी कार्यालयका कर्मचारीहरू कार्यालयमै बसेर टिकटक बनाउन थालेका छन्। रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले आफ्नो कार्यकक्षभित्रै टिकटक बनाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ। साहले आफ्नी श्रीमती रानी साहसँग कार्यकक्षको कुर्सीमा बसेर टिककट बनाउँदै गरेको तस्बिर बाहिरिएको हो।
नगरपालिकाकी मेयर रीनाकुमारी साहले कार्यालयभित्र यसरी टिकटक बनाउन नपाइने बताउनुभयो । कार्यालयभित्र यसरी टिकटक बनाउन मिल्दैन। यो ठीक होइन,’ उहाँले भन्नुभयो ,‘अहिले एउटा कार्यक्रममा बाहिर छु। कार्यालय पुगेपछि यसबारे छलफल गर्छौं।’ साह करिब डेढ वर्षदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नगरपालिकामा कार्यरत हुनुहुनछ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्झनाका लागि श्रीमतीले खिचेको तस्बिर धोकाले टिकटकमा अपलोड हुन पुगेको बताउनुभयो ।
‘कार्यालयमै क्वार्टर छ। कार्यालय समय सकिएपछि सम्झनाका लागि श्रीमतीले तस्बिर खिचेकी थिइन्,’ साह भन्ुभयो ‘यो दुई महिनाअघि खिचिएको तस्बिर हो। मैले थाहा पाएसँगै हटाउन लगाइदिएको थिएँ। तर, आज कसैले सार्वजनिक गरिदिएको छ।’गल्ती भएको बुझेर नै आफूले टिकटकबाट त्यो तस्बिर हटाउन लगाएको उहाँको भनाइ छ। ‘भिडिओ होइन, स्टिल फोटो हो। अरूले ट्रिक गरेर फोटो बनाइ दिएको त्यो पनि भन्दिनँ। मेरो श्रीमतीकै मोबाइलबाट खिचिएको तस्बिर हो,’ उहाँले भन्नुभयो ,‘सबैभन्दा बढी माया गर्ने व्यक्तिले गरेको गल्तीको शिकार भएको छु। नियतवस गरेको होइन।’













प्रतिक्रिया दिनुहोस्