जनता टाइम्स

१८ श्रावण २०७९, बुधबार १२:२१

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


महोत्तरी, १८ साउन । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ मा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको मोटरसाइकलले पैदल हिंडिरहेका स्थानीय ६५ वर्षीय शेख मनाङलाई हिजो बेलुकी साढे ७ बजे ठक्कर दिएको थियो ।

उपचारको लागि अस्पताल पुर्याउनासाथ उनलाई डाक्टरले मृत्त घोषणा गरेका थियो । दुर्घटना गराएर मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय रामगोपालपुरले जनाएको छ ।