काठमाडौं, साउन १८ । उपसचिवलाई ठूलो परिमाणको घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २४ घण्टा नबित्दै अर्का अधिकृतलाई रंगेहात समातेको छ ।
आयोगले आज आन्तरिक राजश्व कार्यालय, लाजिम्पाटमा कार्यरत कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठलाई घुससहित पक्राउ गरेको हो । अख्तियार दूरूपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई आज ३० हजार घुससहित रंगेहात पक्राउ गरेको हो । कर सम्बन्धि विषयमा सहयोग गरिदिने भन्दै अधिकृत श्रेष्ठले घुस लिएको आयोगले जनाएको छ ।
श्रेष्ठलाई कार्यकक्षबाटै आयोगको टोलीले पक्राउ गरेको हो । आयोगले मंगलबारमात्र आयोगले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई २२ लाख ५० हजार भन्दा बढी घुस रकमसहित पक्राउ गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्