जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:३५

महालक्ष्मी विकास बैंकले हात पार्यो बिपिए अवार्ड २०१८


काठमाडौं,साउन ८ । महालक्ष्मी विकास बैंक लिमिटेडले बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, हात पार्न सफल भएको छ ।

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको उक्त बिपिए अवार्ड २०१८, समारोहमा विकास बैंकका तर्फबाट महालक्ष्मी विकास बैंकले प्रथम स्थान प्राप्त गरी सो अवार्ड हासिल गर्न सफल भएको हो ।

उक्त समारोहमा अर्थमन्त्री डा.युवराज खतिवडाले बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गर्नुभएको हो ।