जनता टाइम्स

१९ श्रावण २०७९, बिहीबार ११:५०

दोब्बरले बढयो सबन्धबिच्छेद गर्नेको संख्या


खोटाङ, साउन १९ । खोटाङ जिल्लामा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या दुई वर्षको अन्तरालमा दोब्बर मात्राले बढेको छ । अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा सम्बन्धविच्छेद गर्नेहरू संख्या दोब्बरभन्दा बढी मात्राले बढेका हुन् ।

जिल्ला अदालत खोटाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७६/७७ मा ७० वटा मुद्दा परेकोमा ३५ वटा मुद्दा फछ्र्योट भएको थियो भने आव २०७७/७८ मा सम्बन्धविच्छेद गर्ने भन्दै १ सय ६ जनाले मुद्दा दर्ता गराएका थिए, जसमध्ये ३४ वटा अदालतवाट फछ्र्योट भईसकेका छन ।

आर्थिक बर्ष २०७८/७९ मा सो सङ्ख्या ह्वात्तै बढेर १ सय ८४ वटा मुद्दा दर्ता भएको जिल्ला अदालत खोटाङले जानकारी दिएका छ, जसमध्ये हालसम्म १ सय ३८ मुद्दा फछ्र्योट भईसकेको छ ।
जिल्ला अदालतमा गत आर्थिक वर्षमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा आएको प्रशासन शाखाका नासु सोनाम श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबन्ध बिच्छेदका मुद्धा लिएर अदालत आउने अधिकांश महिलाहरु रहेका छन । खानलाउन नदिएको, मादकपदार्थ सेवन गरेर आउने, आन्तरिक घर झगडा, घरेलु हिंसाका कारण देखाउँदै महिलाहरुले सम्बन्धविच्छेदका मुद्धा दर्ता गराउने गरेका छन ।

बैदेशिक रोजगारीमा गएका घरमा पनि सबन्धबिच्छेदको मात्रा बढन थालेको जिल्ला अदालत खोटाङले जनाएको छ ।