जनता टाइम्स

८ श्रावण २०७६, बुधबार ११:५७

मौद्रिक नीति आज ४ बजे सार्वजनिक हुँदै


काठमाडौं, साउन ८। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको छ ।

केहिबेर अघि सम्पन्न सञ्चालक समितिको बैठकले मौद्रिक नीतिलाई पास गर्दै ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो । ‘आजै ४ बजे र्याडिसन होलटबाट मौद्रिक नीति सार्वजनिक हुँदैछ, सञ्चालक समिति बैठकले पास गरिसकेको छ।