जनता टाइम्स

८ श्रावण २०७६, बुधबार १२:२५

‘एनआईसी एसिया ब्यालेन्स फन्ड’ आजदेखि बिक्री


काठमाडौं, साउन ८।  एनआइसी एसिया क्यापिटलले आज बुधबारदेखि ‘एनआईसी एसिया ब्यालेन्स फन्ड’ को प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको छ।

कम्पनीले कुल १२ करोड ५० लाख इकाईमध्ये बिज पुँजीवापत न्यूनतम् १५ प्रतिशत इकाई कोष प्रवद्र्धक एनआईसी एसिया बैंक तथा योजना व्यवस्थापक एनआईसी क्यापिटलले सुरक्षित राखी बाँकी न्यूनतम् १० करोड ६२ लाख ५० हजार इकाई सर्वसाधरणका लागि निष्कनशन गरेको हो।

सामूहिक लगानी कोष एनआइसी एशिया ब्यालेन्स फण्डको इकाइमा लगानीकर्ताले न्युनतम एक सय इकाईदेखि अधिकतम एक करोड ७५ लाख इकाईसम्मको लागि आवेदन दिन सक्नेछन्।

कोषको इकाईमा आवेदन दिन चाहाने लगानीकर्ताले धितोपत्र बोर्डबाट अश्वा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्था तथा मेरो शेयरबाट साउन १२ गतेसम्म आवेदन दिनुपर्नेछ। सो अवधिमा सबै इकाई खरीदका लागि आवेदन नपरेमा लगानीकर्ताले भदौ ५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।