काठमाडौं, साउन २२ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको सुकेधारास्थित नवटोल सुधार समितिलाई २५ थान कुर्सी सहयोग गरेको छ ।
एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका सदस्य जयमुकुन्द खनाल, हरिभक्त सिग्देल र बैंकका नायब प्रमुख (दायित्व व्यवस्थापन तथा बाह्य मामिला) प्रतिमा पाण्डेले समितिलाई कुर्सी हस्तान्तरण गर्नुभएको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिकको सुविधाका लागि पुस्तकालयलाई उक्त कुर्सी प्रदान गरेको बैंकले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्