जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १५:४२

विश्वकै सर्वाधिक उचाईमा गल्फ कोर्ष निर्माण, भदौमा प्रतियोगिता हुने


काठमाडौं, २३ साउन । विश्वकै सर्वाधिक उचाईको अल्टिच्युडमा गल्फ कोर्ष निर्माण भएको छ । मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा विश्वकै सर्वाधिक उचाईको गल्फ कोर्ष ‘मुस्ताङ गल्फ कोर्ष’ निर्माण भएको हो । मुस्ताङ गल्फ कोर्ष समुन्द्र सतहदेखि ४ हजार ६ सय ४५ मिटरको उचाईको रहेको छ ।

यसअघि सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मानिन्छ । उक्त गल्फ कोर्ष ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ । गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको सक्रियतामा संसद विकास कोषको आर्थिक सहयोग र लोमान्थाङ गाउपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण गरिएको हो ।

गल्फ कोर्ष ९ होलको रहेको सोमबार आयोजित पत्रकार सम्मेलनबाट जानकारी गराईएको छ । हालै निर्माण सम्पन्न भएको उक्त गल्फ कोर्षमा आगामी भदौमा ‘टप अफ द वर्ल्ड गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । प्रतियोगिता भदौ ११ गते शनिबार आयोजना हुनेछ ।

प्रतियोगितामा कुल २८ गल्फरले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ जना महिला गल्फर रहेका छन् । स्टेबल फर्म्याट ३र४ ह्याण्डीक्यापको आधारमा हुने प्रतियोगिताको विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, कोल्जेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिजलाई पुरस्कृत गरिने छ ।