जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १८:२६

भुवन पड्किएपछि सच्चिने भयो नागरिकतामा भएको अपमानजनक नाम, थर


काठमाडौं, २३ साउन । गृह मन्त्रालयले सोमबार एक्कासी नागरिकतामा अपमानजनक नाम, थर नलेखिदिन निर्देशन दिएको छ । पहिले वितरण भइसकेका नागरिकता प्रमाणपत्रमा पनि यस्ता नाम थर सच्याउन माग भए प्रकृया पुर्याएर सच्याइदिन निर्देशन दिएको छ ।

यसअघि सोमबारै राष्ट्रिय सभामा माओवादी केन्द्रका साँसद भुवनबहादुर सुनारले यस विषयमा कडा आपत्ति जनाउनु भएको थियो । उहाँले कर्मचारीले कुत्ता कामी, फ्याउरो वादी, कुकुर्नी कामी नाम लेखिदिएको उदाहरण दिँदै उनले प्रश्न गरे, ‘दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ? त्यस्तो कागजमा सही गर्नेको हात भाच्नुपर्छ कि पर्दैन ? अब यसको जिम्मेवार को हो ?’ भनेर प्रश्न गर्नु भएको थियो ।

यसपछि गृशमन्त्रालयले यस्ता नाम, थर नराखिदिन र राखेको भए सच्याउन निर्देशन दिएको हो ।