जनता टाइम्स

२३ श्रावण २०७९, सोमबार १९:०३

मनोज प्रभाकर नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक


काठमाडौं, २४ साउन । नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यसअघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोच विहीन थियो ।

प्रभाकरले रणजी ट्रफि सहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उहाँले अफगानिस्तान क्रिकेट टिम सहित रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा काम गरिसकेको अनुभव छ । नियुक्ति भएसँगै प्रभाकरले भन्नुभयो,‘नेपाली क्रिकेटसँग काम गर्न इच्छुक छु । जहाँ क्षमतावान् र प्रभावशाली खेलाडी छन् ।’