काठमाडौं, २४ साउन । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–८ मा रोकिराखेको कन्टेनरभित्र पुरुषको शव फेला परेको छ ।
ना३ख ४७४३ नम्बरको कन्टेनरमा आन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त कन्टेनर विगत चार दिनदेखि रोकी राखिएको थियो । शव कन्टेनरको चालकसँगैको सिटमा रहेको मोरङ प्रहरीका डिएससपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार मृतकको सनाखत हुन सकेको छैन । कन्टेनरको ढोका भित्रबाट बन्द रहेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्