काठमाडौं, २५ साउन । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आज बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जुत्ता कारखानामा लागेको आगलागी नियन्त्रणको प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । अहिले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी आगो नियन्त्रणमा खटिएका छन् ।
आगलागी नियन्त्रणमा लिन जुद्ध वारुणयन्त्र, सेना र प्रहरीको दमकलसमेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ । कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन् । आगलागीको कारण भने खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्