जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार ०९:४६

नागढुङ्गा–नौबिसे सडक खण्डमा एकतर्फी गाडी सञ्चालन


काठमाडौं, २६साउन । काठमाडौंको मुख्य नाका नागढुङ्गा–नौबिसे सडक खण्डमा बिहानैदेखि चापमा गाडी चलिरहेका छन् ।

बिहान साढे ४ बजेतिर नागढुङ्गाको झ्याप्ले खोला नजिकै गाडी बिग्रिएकाले एकतर्फीरुपमा गाडी चल्दा चाप बढेको हो । बिग्रिएको गाडी हटाएर सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यतिबेला अन्य मख्य सडक खण्डमा भने गाडीको आवतजावत सामान्य छ ।तर, पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गर्दै आएको छ ।