जनता टाइम्स

२६ श्रावण २०७९, बिहीबार १७:५२

इश्वर पोखरेलको नेतृत्वमा बन्यो एमालेको घोषणापत्र मस्यौदा समिति, यी हुन सदस्य


काठमाडौं, साउन २६ । नेकपा एमालेले आगमी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र तयार पार्न आठ सदस्यीय समिति गठन गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा आठ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनु भएको छ ।