जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १४:११

ला लिगा : के बार्सिलोनाले रियल मड्रिडबाट उपाधि खोस्न सक्ला ?


काठमाडौं, २७ साउन । गत सिजन दोस्रो स्थानको बार्सिलोनालाई १३ अंकले पछि पार्दै रियल मड्रिड ला लिगाको च्याम्पियन बन्यो । नयाँ योजना साथ रियल मड्रिड फेरि नयाँ सिजन २०२२–२३ सुरु गर्दैछ, त्यो पनि ठूलो आशासहित । सन् २००८ पछि रियल लगातार ला लिगामा च्याम्पियन बन्न चाहन्छ ।

प्रशिक्षक कार्लो एन्सेलोटीले इंग्लिस प्रिमियर क्लब चेल्सीका सेन्ट्रल ब्याक एन्टोनियो रुडिगर र मोनाकोका डिफेन्सिभ मिडफिल्डर औरेलियन टिचौअमेनीलाई भित्र्याउँदै आफ्नो स्क्वाड बलियो बनाएका छन् । एन्सेलोटी इतिहासकै लेजेन्डलाई आफ्नो एघारमा फिल्डिङ गर्न सक्छन् ।

नयाँ अनुबन्ध भएका र यसअघि राम्रो प्रदर्शन गरेका इडुआर्डो कामाभिङ्गा, फेड भालभर्डे र रोड्रिगोले यस सिजन झनै आशा देखाएका छन् । कतार विश्वकप अघि यी खेलाडीले खेल्ने प्रसस्त मार्ग हुनुपर्छ । विश्वास गरिएका युवा स्टार केलियन एम्बाप्पेलाई अनुबन्ध गर्न असफल भएपछि फेरि एकपटक एकमात्र सेन्ट्र फरवार्डको जिम्मेवारी करिम बेन्जेमाले पाउनेछन् ।

लुका जोभिक इटालीयन क्लब फ्लोरेन्टिना प्रस्थान गरेका छन् । यस्तै, एन्सेलोटीले मारियानो डियाजलाई केहिल्यै विश्वास गरेनन् । ३५ वर्षीय खेलाडीबाट धेरै गोलको चाहना गर्नु रियलको लागि प्रश्न उठ्न सक्छ । चेल्सीबाट रियल आएका क्षमतावान इडेन हाजार्डले अघिल्लो सिजन स्तब्धपूर्ण प्रदर्शन गरे । इन्जुरीका कारण गत सिजन उनले जम्मा ६ गोल गरे । तर, अहिले हाजार्ड फिट भएका छन् ।

प्रि सिजनमा उत्कृष्ट प्रदर्शन गरेसँगै एन्सेलोटीको प्लानमा बेल्जियम खेलाडी रहेका छन् । यता, गत सिजन बार्सिलोनाको लागि सनसनीपूर्ण रह्यो । अर्थतन्त्रमा समस्या आएपछि गत सिजन बार्सिलोनाले राम्रो प्रदर्शन दिन सकेन । अध्यक्ष जोआन लोपार्टले जुलेस कौन्डे, आन्द्रेअस क्रिस्टेन्सन, फ्रान्क केसिइ, राफिन्हा र रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गरिसकेका छन् । यस्तै, मार्कोस ओलोन्सो र बेर्नान्डो सिल्भा भित्रिने योजनामा छन् ।

औसामाने डेम्बेलेको नविकरणले टोली थप बलियो भएको छ । प्रशिक्षक जाभी होर्नान्डेजले प्रत्येक पोजिसनमा दुई बलियो खेलाडी राखेका छन् । रायो भालेकानोविरुद्ध सप्ताहन्तमा मैदान उत्रनु अघि बार्सिलोना अनुबन्ध गर्न पाउनेछ । यद्यपि, ला लिगाले बार्सिलोनालाई बित्तीय नियमहरु लगाउन सक्छ । अगिल्लो सिजन बार्सिलोना गम्भीर आर्थिक समस्यामा परेको थियो ।

अन्तिम सिजन बार्सिलोनाले जाभिको प्रशिक्षणमा २५ लिग खेलमा ५६ अंक जोड्यो । जस क्रममा उसले फेब्रुअरी र अप्रिलमा रियल मड्रिडलाई बर्नाबेउमा ४–० ले हरायो । तर, उसले केहि खराव प्रदर्शन पनि गर्यो । काडिज र रायो भालेकानोसँग पराजित भयो । यस्तै, युरोपा लिगमा फ्राङ्कफुर्टसँग पराजित हुन पुग्यो । जाभीले सिधा झै ४–३–३ को पोजिसन रोज्नेछन् ।

जाभीसँग अट्याक लाइनमा बहुमुखी प्रतिभाका रोबर्ट लेवान्डोस्की, डेम्बेले, राफिन्हा, अन्सु फाति, फेरान टोरेस र पियरे इम्रिक औवामेयाङ रहेनछन् । उनले यिनीहरुलाई अग्रपंक्तिको जुनसुकै पोजिसनमा खेलाउन सक्छन् । यो टिमले पक्कै लिग जित्न धेरै गोल गर्न सक्नुपर्छ । तर, के बार्सिलोनाले अन्य टोलीलाई रोक्न सक्ला ? काउन्टर खेल बार्सिलोनाको लागि सधैँ घातक बन्दै आएको छ ।

तर, तल्लोक्रमका कौन्डे र रोनाल्ड अराउजोले जाभिको रणनीतिलाई साथ दिने आशा गर्न सकिन्छ । ला लिगा २०२२–२३ को सिजन आज रातिबाट सुरु हुँदैछ । पहिलो खेलमा ओसासुना र सेभिया प्रतिस्पर्धा गर्देछन् । यस्तै, भोलि हुने खेलमा बार्सिलोनाले नेपाली समय अनुसार राति पौने १ बजे रायो भालेकानो सँग भिड्ने तालिका छ । आइतबार साविक विजेता रियल मड्डिडले यूडी अल्मेरियाको सामना गर्दैछ ।