जनता टाइम्स

२७ श्रावण २०७९, शुक्रबार १५:०४

सुनको भाउ तोलामा ७०० रुपैयाँले बढ्यो, कति छ आजको मूल्य ?


काठमाडौं,२७ साउन । सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजावी सुनको मूल्य तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । बिहीबार तेजावी सुनको भाउ तोलाको ९६ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ स्थिर छ । आज चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको छ ।