जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार १०:३७

एनआईसी एशियाको सर्वश्रेष्ठ बचत खाता : बचतभन्दा १० गुणा बढी कर्जा


काठमाडौं, २८ साउन । एनआईसी एशिया बैंकको सर्वश्रेष्ठ बचत खातामा बचतभन्दा १० गुणाबढी कर्जा पाइने भएको छ । सर्वश्रेष्ठ बचत खाताको एम्बेसडर खाता खोल्दा ग्राहकले पूर्वस्वीकृत कर्जा लिन सक्ने फाइदा रहेको बैंकले जनाएको छ ।

पूर्वस्वीकृति कर्जा भनेको कुनै पनि ग्राहकले सर्वश्रेष्ठ गुडविल एम्बेस्डर खातामा ३ महिनाको औसत मौज्दात जति छ त्यसको १० गुणाबढी ऋण पाइने बैंकले जनाएको छ ।

यसको अर्थ के हो भने ग्राहकले यस खातामा मासिक १० लाख रुपैयाँ औसत मौज्दात राखेमा त्यसको १० गुणासम्मको कर्जा बैंकबाट लिन सकिन्छ । जस्तो कि कुनै ग्राहकको खातामा ३ महिनाको औषत व्यालेन्स १० लाख छ भने उसले पूर्वस्वीकृति कर्जाअनुसार १ करोडसम्मको कर्जा पाउन सक्छ ।

यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत र यसको प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्र रहेको बैंकले जनाएको छ । ‘यो फाइदा भनेको बैंकिङ्ग क्षेत्रकै उच्च कम्पिटेटिभ हो,’ एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले भन्नुभयो, ‘यस्तो फाइदा नेपालको बैंकिङ्ग क्षेत्रमा कसैले पनि दिन सकेका छैनन् ।’ पूर्वस्विकृति कर्जा उपलब्ध गराउँदा बैंकको आन्तरिक नीति नियम तथा राष्ट्र बैंकको मापदण्ड पालना गर्दै कर्जा स्वीकृत हुने एन आई सी एशिया बैंकले जनाएको छ । एन आई सी एशिया बैंकमा उपलब्ध गराएका १४ वटा खातामध्ये सर्वश्रेष्ठ गुडविल एम्बासडर खाता एक उत्कृष्ट खाता हो । जसबाट बचत खातामा १० गुणाबढी कर्जासहित दुई दर्जन फाइदाहरु उपलब्ध छन् । बीमा सम्बन्धी तीन, कर्जा सम्बन्धी तीन र अन्य १८ वटा फाइदाहरु छन् ।

एन आई सी एशिया बैंकको यस बचत खातामा मुद्दति खाता बराबरको ब्याज पाइने फाइदा पनि छ । यदि ग्राहकले सर्वश्रेष्ठ बचत खाता खोले भने उक्त रकम मुद्दतिमा गएर बस्छ र मुद्दति बराबरको ब्याज पनि पाइन्छ । यो खाता खोल्दा न्यूनतम एक लाख रुपैयाँ ब्यालेन्स राख्नुपर्छ । उक्त खातामा २ लाख रुपैयाँ निक्षेप पुगेपछि मुद्दति खाताको ब्याज पाइन्छ ।

यस फाइदालाई बैंकले स्विप इन स्विप आउट फाइदा भनेको छ । यो फाइदा भनेको सेभिङ र फिक्स डिपोजिटमध्ये जुनमा बढी ब्याज छ, त्यही उपलब्ध गराउने फाइदा हो । यदि सेभिङ खातामा तोकिएको ब्यालेन्सभन्दा धेरै रकम छ भने फिक्स्ड डिपोजिटसरह ब्याज फाइदा पाउन सकिन्छ ।

मानौं, ग्राहकले ८. ०३ प्रतिशत ब्याजको लागि सर्वश्रेष्ठ बचत खाता खोले भने र त्यस खातामा पैसा जम्मा गर्दै जाँदा बैंकले मुद्दति खातामा पाइने ११.०३ प्रतिशत ब्याज उपलब्ध गराउँछन् ।

सर्वश्रेष्ठ बचत खातामा कुनै ग्राहकको रकम २ लाख रुपैयाँभन्दा माथि लाग्यो भने फिक्स डिपोजिटमा रुपान्तरण हुँदा दश हजार रुपैयाँको गुणाले भाग जाने हिसाबले स्वतः ९० दिनको फिस्क्ड डिपोजिट हुन जान्छ र त्यो रकममा फिक्स डिपोजिटमा उपलब्ध ब्याज पाइन्छ । साधारण रुपमा बुझ्दा यसको अर्थ के हो भने बचत खातामा दुई लाखभन्दा बढी हुँदा बित्तिकै बढी भएको रकम फिक्स्ड खाता गएर बस्छ । उक्त रकममा फिक्स्डको ब्याजदर पाइन्छ र फिक्स्ड डिपोजिटमा गए पनि जुनै पनि बेला यो रकम झिक्न सकिन्छ ।

सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकलाई २१ लाखदेखि ८४ लाख रुपैयाँसम्मको बीमा फाइदा उपलब्ध गराएको छ । ग्ुडविल एम्बेसडर खातामा ८४ लाखसम्मको बीमा फाइदा उपलब्ध छ । जसमध्ये ४० लाखको दुर्घटना बीमा, ४० लाखको घातक रोग बीमा र ४ लाखको औषधि उपचारका लागि पाउने बीमा उपलब्ध छ । औषधि उपचार बीमामध्ये अस्पताल भर्ना हुने बिरामीले ३ लाख २० हजार रुपैयाँ र ओपीडी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने छन् ।

यस खाताको अर्को महत्वपूर्ण फाइदा भनेको खातावालाले तोकेकोे अन्य तीन जनाले पनि यो बीमा फाइदा पाउने छन् । यो बीमा फाइदा पाँच वर्षसम्म उपलब्ध हुनेछ । यसमा खातामा विभिन्न कार्ड र डिजिटल कारोबारमा पाँच वर्षसम्म निशुल्क फाइदा उपलब्ध गराइएको छ ।

एम्बेसडर खाता खोल्ने बित्तिकै एटीएम, डेभिड कार्ड, क्रेडिट कार्ड पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न सकिन्छ । त्यस्तै, निशुल्क मोबाइल बैंकिङ्ग, निशुल्क इन्टरनेट बैंकिङ्ग, आरटीजीएसलगायत भुक्तानीमा पनि शुल्क लाग्दैन । एन आई सी एशिया क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि ५० प्रतिशत छुट उपलब्ध गराएको छ । डिम्याट र मेरो शेयर प्रयोगमा भने शुल्क लाग्दैन ।