जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार ११:५४

ओली निवासमा राजेन्द्र लिङ्देन, यस्तो छ निश्कर्ष


काठमाडौं, साउन २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनले चुनावमा मिलेर जाने निर्णय गरेको बेला लिङ्देन ओली निवास पुग्नुभएको हो ।

दुई नेताबीचको छलफलमा आगामी चुनावमा तालमेल गरेर जाने विषयमा छलफल भएको छ । शुक्रबार बेलुका बालकोटमा भएको भेटवार्तामा आगामी मंसिर ४ गते हुने चुनावमा तालमेल गरेर जानेलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । ओली र लिङ्देनबीच चुनावमा सहकार्यलगायत विषयमा कुराकानी भएको छ ।

उहाँहहरुबीच गठबन्धन गरेर जानेलगायत विषयमा छलफल भएको तर निर्णयमा पुगिसकेको छैन ।राप्रपा अध्यक्ष लिङ्देन झापा ३ मा चुनाव लडदै हुनुहुन्छ । २०७४ मा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित वामगठबन्धनले लिङ्देनलाई समर्थन गर्दा विजयी हुनुभएको थियो ।

उहाँले नेपाली काङ्ग्रेसका कृष्ण सिटौलालाई पराजीत गर्नुभएको हो । यसपटक पनि झापा ३ मा सिटौला र लिङ्देनबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । एमाले अध्यक्ष ओली भने झापा ५ बाट चुनाव लडने निश्चित छ ।