जनता टाइम्स

२८ श्रावण २०७९, शनिबार २२:५७

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते


महोत्तरी, २८ साउन । महोत्तरीको मनरासिस्वा नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । आज जलेश्वरबाट सम्सीतर्फ जाँदै गरेको प्रदेश २–०३–०१९ प ११११ नं.को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पाँच जना घाइते हुनुभएको हो ।

घाइते हुनेमा प्रदेश २–०३–०१९ प ११११ नम्बरको मोटरसाइकल चालक जिल्ला सर्लाही बरहथवा नगरपालिका–१६ का ३५ वर्षीय हरी शंकर यादव र सोही मोटरसाइकल पछाडि सवार उनकी श्रीमती २५ वर्षिया सृजना यादव घाइते भएका प्रहरीले जनाएको छ ।

त्यस्तै प्रदेश २–०२–००३ प ६७७ नम्बरको मोटरसाइकल चालक महोत्तरी गाँउपालिका २ का २२ वर्षीय विजय यादव, पछाडि सवार उहाँकी श्रीमती वर्ष २१ की सुनिता र २ वर्षीया छोरी सोनी रहेका प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको प्रदेशिक अस्पताल जलेश्वरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।