जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार ०८:३८

जग्गा संरक्षणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सिडियो महत सम्मानित


मुगु, २९ साउन । विकट हिमाली जिल्ला मुगुमा कार्यरत प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत सम्मानित हुनुभएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नोे तेस्रो वार्षिकोत्सवका अवसरमा काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उहाँलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मान गर्नुभएको हो ।

कम्पनीको शाखा कार्यालय मुगुको स्वामित्वमा रहेको जग्गा संरक्षणमा प्रजिअ महतले उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको जनाइएको छ ।