जनता टाइम्स

२९ श्रावण २०७९, आईतवार १४:५९

बारामा जिपको ठक्करबाट साइकलयात्रीको मृत्यु


बारा, २९ साउन । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ मा आज बिहान जिपको ठक्करबाट साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा साइकलयात्री भारतिय नागरिक ४२ वर्षीय कनहाई साह तेली रहेका छन् ।

वीरगन्जबाट जितपुरतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ च ६२१० नम्बरको स्कारपियो जिपले आज बिहान सवा १० बजे साइकललाई ठक्कर दिएको हो । जिप सहित चालकलाई इलाका प्रहरी कार्यालय जितपुरले नियन्त्रणमा लिएको छ ।