काठमाडौं, साउन ३१ । नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टी परित्याग गर्नुभएको छ । डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमतिसँगै खतिवडाले पार्टीको साधरण सदस्यसमेत नरहने गरी पार्टीपरित्याग गर्नुभएको हो ।
खतिवडाले आज सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, ‘करिब ८ बर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु।आजबाट जसपा-नेसपा लफडाबाट पुर्णतः मुक्त छु।नेसपा(माओवादी एउटै चिन्ह हसियाहथौडाबाट चुनाव लड्न निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन। धन्यवाद।’













प्रतिक्रिया दिनुहोस्