जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १२:२०

डोनाल्ड ट्रम्पको ३ वटा पासपोर्ट जफत


काठमाडौं, भदौ १ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तीन ओटा पासपोर्ट सरकारले जफत गरेको छ । सरकारले आफ्नो तीन वटा पासपोर्ट जफत गरेको जानकारी पूर्वराष्ट्रपति ट्रम्प आफैले दिनुभएको हो ।

उहाँले आफ्नो ३ वटा पासपोर्ट सरकारले जफत गरेको दावी गर्नुभएको छ । केन्द्रीय जाँच एजेन्सी (एफबीआई) ले गत मंगलबार उहाँको ‘मार–ए–लागो’ घरमा छापा हान्दै १५ बक्सा डक्युमेन्ट लिएर गएको थियो।

ट्रम्पले यसको जानकारी सोसल मिडियाबाट दिनुभएको थियो । उहाँले भन्नुभएको छ, ‘मार–ए–लागो’ मा छापा हान्ने क्रममा एफबीआईले थुप्रै सामानका साथ ३ वटा पासपोर्ट पनि चोरी गरेका छन।

उहाँले ३ वटा पासपोर्टमा एउटाको समय सकिएको बताउनु भएको छ । ‘यो राजनीतिक प्रतिबद्धतामा भएको निम्नस्तरको व्यवहार हो,’ उहाँले भन्नुभएको छ, ‘मलाई चुनाव लड्न नदिन यस्तो हर्कत भएको छ।’

गत साता एफबीआईको छापापछि उहाँले अमेरिकाको राष्ट्रपतिमाथि भएको यो पहिलो घटना भन्नुभएको थियो । जाँच एजेन्सीलाई सहयोग गर्दा पनि आफूमाथि दुब्र्यवहार भएको बताउनु भएको छ । ट्रम्पले गत वर्ष ह्वाइट हाउस छोड्ने क्रममा महत्वपूर्ण दस्तावेज आफूसँग लगेको विभिन्न मिडियामा खबर प्रकाशित भएको थियो।

एफबीआईले अझसम्म छापाको पुष्टी गरेको छैन। केही महिनाअघि ट्रम्पमाथि आरोप लागेको थियो– उहाँ राष्ट्रपति हुँदा आधिकारीक दस्तावेज च्यातेर फ्लश गर्थे। नेशनल आर्काइभले पूर्व राष्ट्रपतिको यो व्यवहारको पनि जाँच गर्न भनेको छ।