जनता टाइम्स

१ भाद्र २०७९, बुधबार १४:५३

प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढ्यो


काठमाडौं, १ भदौ । प्रि–ओपन सेसनमा नेप्से सूचक २.५६ अंकले बढेको छ । योसँगै सूचक २०४३.६२ विन्दुमा आएको छ । २ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको ४९६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।