जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १५:३०

एनएमबीका ग्राहकलाई बुद्ध एयर र यति एयरमा क्याँसब्याक अफर


काठमाडौं, २ भदौ । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबी बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबीका ग्राहकले अब बुद्घ एयर र यति एयरको एप र वेवबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन् ।

क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहनेछ ।बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

छुट सम्बन्धी थप जानकारीको लागि [email protected]/[email protected]  मा ईमेल गर्न सकिने जानकारी गराइएको छ । एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।