जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १६:४१

छैटौँ एभरेष्ट इन्टर स्कुल बास्केटवल प्रतियोगिता सुरू


भक्तपुर, २ भदौ । भक्तपुर इङ्लिस स्कुलको आयोजनामा छैटौँ एभरेष्ट इन्टर स्कुल बाँस्केटवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले गर्नुभयो । उहाँले फ्रेण्डसिप फष्ट र कम्पिटिसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको बताउनुभयो ।

उहाँले स्कुलहररुबीच राम्रो सम्बन्धका लागि पनि प्रतियोगिता आयोजना गरेको जनाउनुभयो । प्रतियोगिता तीन वटा क्याटगोरीमा हुनेछ । सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्स गरी तीन वटा क्याटागोरीमा हुनेछ । प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलबाट प्रतिश्पर्धी सहभागी भएका छन् । प्रतियोगिताको फाइनल खेल ८ भदौमा हुनेछ ।