जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १७:५६

विवेकशील साझा पार्टीको प्रवक्ताबाट पाठकको राजीनामा


काठमाडौं, २ भदौ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारीबाट बिहीबार राजीनामा दिनुभएको छ । पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उहाँले राजीनामा पत्रमा उल्लेख गर्नुभएको छ ।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता हुनुहुन्थ्यो । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उहाँलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो । पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्थ्यो ।