जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ११:३३

सेञ्चुरी बैंकले गर्यो नेपाल आँखादान समाजलाई सहयोग


काठमाडौं, साउन १० । सेञ्चुरी कमर्सियल बैंकले नेपाल आँखादान समाजलाई सहयोग गरेको छ । बैंकको मानभवन शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई अत्यावस्यक भौतिक सामाग्रीहरु उपलब्ध गराई सहयोग गरेको छ ।

बैकले नेपाल आखाँदान समाजलाई आखाँ स्वास्थ्य सम्बन्धी जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि चाहिने सामाग्रीहरु प्रदान गरेको हो ।

बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुपै्र कार्यक्रमहरु पनि गर्दै आएको छ ।