जनता टाइम्स

१० श्रावण २०७६, शुक्रबार ११:५०

दार्चुलामा सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा


काठमाडौं, साउन १० । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दार्चुला शाखाको बिहीबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

महाकाली नगरपालिका वडा न. ४, खलंगा स्थित दार्चुला शाखाको महाकाली नगरपालिका नगर प्रमुख हंसराज भट्ट तथा उघोग बाणिज्य संघ, दार्चुलाका अध्यक्ष मंगल सिंह ठगुनाबाट उद्घाटन भएको हो ।

हाल यस बैंकको कुल शाखा संख्या ८६ रहेको छ र बैंकको थप ५ शाखा उद्घाटन हुने क्रममा रहेको बैंकले जानकारी दिएको छ ।

हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अघि बढाएको बैंकले जनाएकोे छ ।