जनता टाइम्स

४ भाद्र २०७९, शनिबार ०८:२८

क्यासेमिरो म्यानचेस्टर युनाइटेड जाने, पूर्वसहकर्मी रोनाल्डोसॅग पूनर्मिलन हुने


काठमाडौं, ४ भदौ । स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर क्यासेमिरो इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड जानुहुने भएको छ । ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई युनाइटेडले चार वर्षको लागि अनुबन्ध गर्ने सैद्धान्तिक सहमति भएको छ ।

दुबै क्लबले आधिकारिक पुष्टि गरेका छैनन् । ३० वर्षीय क्यासेमिरो सन् २०१३ मा रियल आउनुभएको थियो । यस क्रममा रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जित हात पार्नुभयो ।

जहाँ दुइ सय २२ खेलमा २४ गोल गरेका छन् । क्यासेमिरो युनाइटेड  जाने भएसंगै पूर्वसहकर्मी क्रीस्टियानो रोनाल्डोसंग पूनर्मिलन हुने भएको छ ।