जनता टाइम्स

६ भाद्र २०७९, सोमबार १४:३०

विपी कांग्रेस लमजुङकाे सभापतिमा अधिकारी


लमजुङ, ६ भदौ  । लमजुङमा नेपाली कांग्रेस विपी जिल्ला कार्य समिति गठन भएको छ । समिति गठन गर्न आयोजित भेलाले सभापतिमा तेजनाराण अधिकारीलाई चयन गरेको हो ।
पदाधिकारीपछि टुङ्ग्याउने गरि ५१ सदस्यीय कार्य समिति निर्माण भएको नवगठित समितिका सभापति अधिकारीले जानकारी दिनुभयो । भेलामा नेपाली कांग्रेस विपीका केन्द्रीय सभापति पुष्प पराजुलीको उपस्थिति थियो ।

नेपाली कांग्रेसले विपी कोइरालाको आदर्श, विचार सबै परित्याग गरेको हुँदा हामीले अझ सशक्त रूपमा विपीको विचारलाई नेपाली समाजमा लागु गर्न छुट्टै पार्टी गठन गर्नुपरेको भेलामा उपस्थित पराजुलीले बताउनुभयो । यसैगरी, पार्टीका केन्द्रीय सदस्य मणिभद्र, पृथ्वीमान घले लगायतले मन्तव्य राख्नुभएको थियो ।

नवगठित कार्यसमितिको सदस्यहरूमा देवीलाल श्रेष्ठ, प्रेमबहादुर गुरुङ, हरिबहादुर थापा, दिलबहादुर परियार, झपरबहादुर थापा, सम्झना कुमाल, वासुदेव मरहठ्ठा शोभा थापा, रामचन्द्र गौली, कौसिला भण्डारी, विमाया तामाङ लगायत रहेको सभापति अधिकारीले बताउनुभयो ।